• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

न्यूनतम पारिश्रमिक निर्धारण समितिको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति

२०८० श्रावण १२ गते, शुक्रबार ११:३०

१२ श्रावण २०८०, काठमाडौँ: विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराउने, कानुनविपरित बर्खास्त, सरुवा, बढुवा गरिएको भनी सार्वजनिक भएका विभिन्न विषयमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

National Life

कान्तिपुर पब्लिकेशनलगायत विभिन्न सञ्चार प्रतिष्ठानले पछिल्ला दिनमा कानुनी व्यवस्थाविपरीत पत्रकार तथा कर्मचारीलाई ऐनले तोकेको सेवा सुविधा बिना नै करार सम्झौता भङ्ग गर्ने, निष्काशन गर्ने, सरुवा गर्ने लगायतका विषयमा गुनासो र उजुरीहरू समितिमा आएको बताएको छ ।


श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका सेवा सुुविधाको विषय तथा श्रमजीवी पक्ष र सञ्चालक पक्षका अधिकार र कर्तव्यसम्बन्धी स्पष्ट व्यवस्था गरेको छ । राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रमा नै श्रम अधिकार हनन्सम्बन्धी उजुरी र गुनासो आउनु दुःखद विषय रहेको समितिले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

समितिले सम्बन्धित सञ्चार प्रतिष्ठानलाई प्रचलित कानुनी व्यवस्थाको कार्यान्वयनका लागि गम्भीर रुपमा ध्यानाकर्षण गराएको छ । यस विषयमा ध्यानाकर्षण नभएमा ऐन, कानुनको पालना नगर्ने र नगराउने सञ्चार प्रतिष्ठानलाई राज्यले प्रदान गर्ने सेवा सुविधा कटौती गर्न सिफारिस गरिने पनि बताएको छ ।


समितिले सम्पूर्ण सञ्चार प्रतिष्ठानलाई विद्यमान कानुनी व्यवस्थाको पूर्ण पालना गर्नरगराउन आग्रह गरेको छ ।

प्रतिकृया