कोशीको कामचलाउ मुख्यमन्त्रीमा आज हिक्मत कार्कीको पदबहाली हुँदै
प्रकाशित मिति
२०८० श्रावण १२ गते, शुक्रबार १०:४९

१२ श्रावण २०८०, काठमाडौँ: विराटनगर–सर्वोच्च अदालतले उद्दव थापालाई कोसी प्रदेशका मुख्यमन्त्रीबाट पदमुक्त गरेसँगै हिक्मत कार्कीले आज पदबहाली गर्दै छन् । यसअघि मुख्यमन्त्री रहेका कार्कीले दोस्रोपटक मुख्यमन्त्रीमा शुक्रबार बिहान ११ बजे प्रदेश प्रमुखबाट काम चलाउ मुख्यमन्त्रीमा आज पदबहाली गर्ने भएका हुन् ।
कार्की साउन १७ गतेसम्म प्रदेशको कामचलाउ मुख्यमन्त्री रहने छन् । सर्वोच्चले १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्ने गरी प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख कार्यालयलाई आदेश समेत गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्दै कार्कीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिन आदेश दिएको हो ।
आदेशमा सात दिनभित्र संविधानको धारा ६१ (२) अनुसारको सरकार गठनको प्रक्रिया अघि बढाउन भनिएको छ । त्यसरी बहुमत पु¥याएर कसैले बहुमत देखाउन नसकेमा वा विश्वासको मत प्राप्त गर्न नसकेकामा धारा १६८ (३) अनुसारको प्रक्रिया अघि बढ्ने पनि आदेशमा उल्लेख छ ।
प्रतिकृया