• २१ असोज २०८३, बुधबार
  • १०ः४२ बिहान

गोरखापत्र संस्थानका ५ जनालाई भ्रष्टाचारको आरोपमा कारबाही गर्न सतर्कता केन्द्रले दियो निर्देशन

प्रकाशित मिति

२०८० श्रावण १० गते, बुधबार ११:५३

१० श्रावण २०८०, काठमाडौँ: राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा कार्यरत ५ जना कर्मचारीलाई कारबाही गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रले संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहितका कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएकाे हाे ।

National Life

१२ जना करारका कर्मचारीको नियुक्ति अवैधानिक भएको ठहर गर्दै केन्द्रले सो नियुक्ति खारेज गर्दै नियुक्ति प्रक्रियामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएकाे हाे ।


केन्द्रले गोरखापत्र संस्थानका कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रूपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल र कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई प्रचलित नियमअनुसार कारबाही गर्न भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ (छ) र (झ) बमोजिम केन्द्रको मिति २०८०।०४।०३ को (सचिव स्तरीय) निर्णयअनुसार निर्देशन दिएको हाे ।

Classic Tech Mobile
Classic Tech Desktop

गोरखापत्र संस्थानले २०७८ कात्तिक ३० गते गरेको निर्णयबमोजिम सेवा करारमा नियुक्ति पाएका १२ कर्मचारीको नियुक्ति गोरखापत्र संस्थान कर्मचारी सेवा सर्त विनियमावली, २०५२ को विनियम ४१ बमोजिम पदपूर्ति समितिको सिफारिसका आधारमा नभई टिप्पणी आदेशका भरमा नियुक्ति दिइएको पाइएको केन्द्रले उल्लेख गरेकाे छ ।

प्रतिकृया