• ३ असोज २०८३, शनिबार
  • १ः०४ दिउँसो

अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सहित अन्य सडक पहिरोका कारण बन्द

प्रकाशित मिति

२०८० श्रावण ९ गते, मंगलवार ११:११

९ श्रावण २०८०, काठमाडौं :  अविरल वर्षाका कारण आएको बाढी–पहिरोले तीनवटा राजमार्ग पूर्णरूपमा अवरूद्ध बनेका छन्।  नारायणगढ–मुग्लिन सडक खण्ड, बेलहिया-भैरहवा-बुटवल-बर्तुङ-राम्दी-स्याङ्जा-पोखरा जोड्ने सिद्धार्थ राजमार्गमा पहिरो खस्दा सडक बन्द भएको छ ।

National Life

सडक विभागकाअनुसा चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अवरूद्ध छ, त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनी, पाल्पाको ६ स्थानमा सडक अवरूद्ध भएको विभागले जानकारी दिएको छ।


यसवर्ष मनसुन सुरू भएयता ११४ स्थानमा सडक अवरूद्ध भएको विभागले जानकारी दिएको छ। त्यसमध्ये ३ राजमार्ग ८ ठाउँमा अवरूद्धको अवस्थामा छन् भने १९ स्थानमा एकतर्फी सञ्चालनमा छन्। ८७ स्थानमा दुवैतर्फ चालु रहेको विभागको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

मौसमजन्य विपदका कारण  राजमार्गमा २४ करोड ९८ लाख ३० हजार बराबर क्षति पुगेको विभागको अनुमान छ।

प्रतिकृया