• २१ असोज २०८३, बुधबार
  • ११ः०२ बिहान

ट्राफिक प्रहरीको लापसे चेकिङ : ४ जना चालक नियन्त्रणमा

प्रकाशित मिति

२०८० श्रावण ६ गते, शनिबार ०१:०८

६ श्रावण २०८०, काठमाडौँ: काठमाडौंको नागढुंगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

National Life

नियन्त्रणमा आउनेमा ना४ख ७१५० नम्बरका ट्रक चालक काठमाडौँको नागार्जुन नगरपालिका ५ का ३२ वर्षीय मनोज श्रेष्ठ, ना ३ ख ४९६१ नम्बरका ट्रक चालक पर्साको वीरगंज महानगरपालिका १७ का २४ वर्षीय रोशन कुमार पटेल, बागमती प्रदेश ०३-००१ख २२९६ नम्बरका ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका २ का ३० वर्षीय राम कुमार श्रेष्ठ र बा३ख ७९०५ नम्बरका हाइस चालक पाल्पाको पिपलडाँडाका ३५ वर्षीय हरी बहादुर चिडि रहेका छन् ।


नियन्त्रणमा लिएका चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलिले आज‍ २५ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ४ जना भनेलागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।
यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।

प्रतिकृया