• २१ असोज २०८३, बुधबार
  • ११ः०३ बिहान

कांग्रेसको केन्द्रीय समिति बैठक: केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने

प्रकाशित मिति

२०८० श्रावण ४ गते, बिहीबार ०८:२६

४ श्रावण २०८०, काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । ललितपुरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुने बताइएको छ ।

National Life

गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको थियो। हिजो आमन्त्रित जिल्ला सभापतिहरूसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरूले धारणा राखेका थिए ।


हिजोको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ । आज पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया