नाबालिकालाई प्रयोग गरी लागु औषध कारोवार गर्ने एक जना मानिस पक्राउ
प्रकाशित मिति
२०८० श्रावण २ गते, मंगलवार ०२:३१
२ श्रावण २०८०, काठमाडौँ : औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिई गएको प्रहरी टोलीले का.जि.का.म.न.पा. वडा ९ त्रिभुवन बिमानस्थल कार्गो कम्प्लेक्सबाट अमेरिकाको California बाट आयात गरिएको अबैध लागु औषध गाँजा २ के.जी. सहित १ जना मानिस पक्राउ गरी थप अनुसन्धान भई रहेको जानएको छ ।
लागु औषध अपराधमा बालबालिका र सामान्य व्यक्तिलाई लागु औषध कारोवारीले कसरी फसाउंछन् भन्ने कुराकाे चर्चा पनि गरिएको छ ।
१६ बर्ष उमेर भएकी +2 को Exam दिएर बसेकी ‘A’ नाम गरेको एउटी बालिका ‘B’ नामक Job Solution Agency मा Receptionist को रुपमा काम गर्छिन्उ नलाई कतैबाट कर्मचारी आवश्यक भएको जानकारी आउंछ र एउटा मान्छे
पठाउछिन् पनि । केही दिन पछी फेरि त्यही व्यक्तिको फोन आउंछ र भन्छ पहिला पठाएको मान्छेले त्यति राम्रो काम गरेन तपाई आउनु हुन्छ भने मासिक (२०,०००/ ) बिस हजार तलव दिन्छु भनेर प्रस्ताव गर्छन् ।
तिनी बालिकाले काम गरेको Job Agency ले भन्दा बढी रकम तलब वापत पाउने भएपछि ठीक छ भन्छिन् र कामको
वारेमा सोध्छिन् । सो मान्छेले काम कहिले काहीं मात्र हो मेरो बिदेशबाट आएको सामान (चकलेट, सजावटका समान, खेलौना र कपडा) Airport को Cargo Complex बाट बुझेर ल्याउने मात्र हो र सो को लागी परिचय पत्र बनाउन नागरिकताको फोटोकपी चाहिन्छ फोटो कपि ल्याई दिनु भनेपछी सोही बमोजिम उपलब्ध गराई दिन्छन् ।
पछी नाम थर खुल्न आएका फैज उल्लाह साहले सो नागरिकताको कपि भारत हुदै अमेरिका पठाउंछन् र सोहि नाममा अमेरिकाबाट कपडाहरु भित्र लुकाई अबैध लागु औषध गांजा मगाउंछन् ।








प्रतिकृया