• २१ असोज २०८३, बुधबार
  • ११ः०६ बिहान

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

प्रकाशित मिति

२०८० असार २९ गते, शुक्रबार ०४:२२

२९ असार २०८०, काठमाडौँ: अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

National Life

शुक्रबार बिहान काठमाडौं आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले दिउँसो देउवासँग भेट गरेका हुन्। लुसँगको भेटवार्ता फलदायी भएको सभापति देउवाले जनाएका छन् ।


“हामीले नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल गर्यौं,” सभापति देउवाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । नेपालमा शान्ति, लोकतन्त्र र विकासको प्रवर्द्धन गर्न प्राप्त अमेरिकी सरकार र लुको सहयोगकाप्रति उनले आभार प्रकट गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया