• ९ असोज २०८३, शुक्रबार
  • ८ः०९ राती

सरकारसँग भुक्तानी माग गर्दै निर्माण व्यवसायी बिहानैदेखि माइतीघर मण्डलामा धर्नामा

प्रकाशित मिति

२०८० असार २९ गते, शुक्रबार १०:३८

२९ असार २०८०, काठमाडौँ: काम गरेको पैसा नपाएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन् । सरकारले काम सम्पन्न भएको लामो समयसम्म पनि भुक्तानी नगरेको भन्दै व्यवसायीहरू शुक्रबार बिहानैदेखि माइतीघर मण्डलामा धर्ना बसेका हुन् ।

National Life

असार मसान्त भइसक्दा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नगरेको र म्याद थप सम्बन्धि गरेको निर्णयको विरोध स्वरूप नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा व्यावसायीहरू बिहानैदेखि धर्नामा बसेका छन्।


धर्नामा महासंघका मानार्थ सदस्यहरू, कार्यसमितिका सल्लाहकारहरू, पदाधिकारीहरू, सदस्यहरू, आमन्त्रित सदस्यहरू, एशोसिएट सदस्यहरू र बागमती प्रदेश महासंघ तथा उपत्यका भित्रका जिल्ला संघहरू काठमाडौं, ललितपुर, भक्तपुर अन्तर्गतका सदस्यहरू लगायत काठमाडौँमा रहेका सम्पूर्ण निर्माण व्यवसायी सदस्यहरू उपस्थित छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सहभागीले व्यवसायीले आत्मादह गर्नेक्रम बन्द गर, सम्पूर्ण ठेक्कामा एकमुष्ठ म्याद थप गर, माइलस्टनको व्यवस्था तुरुन्त खारेज गर लगायतका पम्प्लेट बोकेका छन्।

प्रतिकृया