• २९ भदौ २०८३, सोमबार
  • ३ः५१ राती

विपक्षी दलहरूको अवरोधका कारण संसद् बैठक आधा घन्टा स्थगित

प्रकाशित मिति

२०८० असार २० गते, बुधबार ०४:३७

२० असार २०८०, काठमाडौँ : विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक आधा घन्टा स्थगित भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असार १८ गतेको अभिव्यक्तिलाई लिए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले विरोध जनाएका थिए।

National Life

नेकपा एमालेका सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने अभिव्यक्तिले देशको सार्वभौमिकतामा आघात पुर्‍याएकाले राजीनामा दिनुपर्ने बताए।


‘आज बादल लागेको छ। तर, अहिले मौसम मात्रै उदास छैन। नेपालीहरूको मनमा पनि बादल लागेको छ। सम्माननीय प्रधानमन्त्री पनि नभनुँ कि जस्तो लाग्छ। नागरिकको भावनामा ठेस लागेको छ। सरदार प्रितम सिंहको किताब विमोचनमा दिनु भएको अभिव्यक्तिले हाम्रो स्वाभिमानमा ठेस लागेको छ। नेपालको प्रधानमन्त्री बनाउन नेपालतिर जाने कि, दिल्लीतिर जाने?,’ पन्तले भने।

Classic Tech Mobile
Classic Tech Desktop

सांसद पन्तले लेन्डुप दोर्जेको नेपाली संस्करण नचाहिने भन्दै स्वाभिमानको रक्षा हुनुपर्ने पनि बताए। प्रमुख प्रतिक्षी दल नेकपा (एमाले) सहित विपक्षी दलहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक आधा घन्टा स्थगित भएको सूचना सुनाए।

प्रतिकृया