• २७ भदौ २०८३, शनिबार
  • १०ः०२ राती

एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा विराेध गर्ने

प्रकाशित मिति

२०८० असार २० गते, बुधबार ०३:०८

२० असार २०८०, काठमाडौँ : नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर एमालेले विरोध गर्ने भएको छ। बुधबार संसद् भवन बानेश्वरमा बसेको पार्टी संसदीय दलले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्ने निर्णय गरेको सचेतक महेश बर्तौलाले बताए।

National Life

सोमबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक भारत गएको अभिव्यक्ति दिएका थिए। एमालेले यो सामान्य विषय नभएको र यसको सशक्त विरोध गर्ने बताएकाे हाे ।


‘संसदीय दलको बैठक अपर्झट आयोजना गर्‍यौंं। १८ गते देशका प्रधानमन्त्रीले देशको विपक्षमा रहेर, यो देशको सार्वभौमसत्ता, संसदको गरिमाविपरीत र प्रधानमन्त्री संसदले बनाएको होइन दिल्ली बनाएको हो भन्नेजस्ता अभिव्यक्ति दिनुभयो। यो अभिव्यक्तिलाई संससदीय दलले गम्भीरतापूर्वक लिएको छ। आज दिउँसो ३ बजे सदनको बैठक छ। आज हाम्रो बैठकको सार निर्णय भनेको प्रधानमन्त्रीको अभिव्यक्ति संसदमाथिको अपमान नै हो। जनादेशमाथि गरेको अपमान हो। यो देशको सार्वभौमत्तामागि गरेको आक्रमणको कुरा सदनमा राख्नेछौं,’ बर्तौलाले भने।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया