• 10:42 am

संसदीय समितिका सभापति चयन गर्न प्रक्रिया अघि बढाउने सहमति

प्रकाशित मिति

२०८० असार १९ गते, मंगलवार ०१:४०

१९ असार २०८०, काठमाडौँ : प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफलले संसदीय समितिका सभापति चयन गरेर जाने समझदारी गरेका छन् । बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरे सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकले यस्तो समझदारी गरेका हुन् ।


बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख देवराज घिमिरेले भने ‘संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरूले प्रतिबद्धता जनाउनुभएको छ । अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठन तिरै केन्द्रित भएको छ । छिट्टै नै समितिले नेतृत्व पाउँछ’ । सभामुख घिमिरेले भने, ‘समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरू अगाडि बढ्न सकेका छैनन् ।’

प्रतिकृया