• २१ जेठ २०८३, बिहीबार
  • ६:३९ बिहान

राष्ट्रिय ध्वजवाहक मास्ने गरि योगेश भट्टराईले दिएको अभिव्यक्तिप्रति वायुसेवा निगम संयुक्त ट्रेड युनियनको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति

२०८० असार १५ गते, शुक्रबार ०९:१०

असार १५, २०८०, काठमाडौँ: नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले पूर्व नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रम फैलाएको आरोप लगाएको छ। पूर्वमन्त्री भट्टराईले संसदीय समितिमा कपोकल्पित र तथ्यहीन तवरले राष्ट्रिय ध्वजाबाहक निगमलाई नै धराशायी पार्ने अभिव्यक्ति दिएको ट्रेड युनियनको भनाई छ ।


संसदीय समितिमा भट्टराईले ३ हजार कर्मचारी रहेको र ग्राउन्ड हेन्डिलिङ राम्रोसँग नगरेको आरोप लगाएका थिए। संयुक्त युनियनले निगममा स्थाई, करार र ज्यालादारीमा ५०१ जना गरी जम्मा १३ सय ४१ जना कर्मचारी रहेको र ग्राउन्ड हेन्डलिङ लगायतमा अझै अपुग रहेको बताएको छ ।

Kamana Sewa

योगेश भट्टराईले उड्डयन मन्त्रालय सम्हाल्दै गर्दा उनको निर्देशनमा हिमालयन एयरलाइन्सलाई सेल्फ ग्राउन्ड हेन्डिलिङ दिने जस्ता गम्भीर विषयवस्तु सरोकारवाला निकायसँग छलफल गरेर नेपाल वायुसेवा निगमलाई मास्न लागेको युनियनले आरोप लगाएको हो ।

Classic Tech Desktop

कोरोनाकालमा निजीलाई बढी उडान अनुमति दिएको र निगमलाई कम उडान दिएको कर्मचारीले उल्लेख गरेका छन् । निगमले हाल १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा हप्ताको ४३ उडान र १६ आन्तरिक गन्तव्यमा २५ वटा उडान गर्दै आएको छ ।

प्रतिकृया