• २४ भदौ २०८३, बुधबार
  • ३ः३८ दिउँसो

ललिता निवास प्रकरणमा मीनबहादुर गुरुङसहितलाई थुनामा राखिएकाे बारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ

प्रकाशित मिति

२०८० असार १५ गते, शुक्रबार ०४:२१

१५ असार २०८०, काठमाडौँ: ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

National Life

लिखित जवाफपछि मात्रै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिने/नदिनेबारे निर्णय गर्ने जनाएको छ । पक्राउ परेका मीनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनीहरुले हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु गैरकानुनी भएको भन्दै थुनामुक्त गर्न समेत माग गरेका थिए ।


न्यायाधीश कुमार चुडालको एकल इजलासले उनीहरुलाई पक्राउ गरेर थुनामा राख्नुको कारण पेश गर्न विपक्षीलाई २४ घण्टाको म्याद दिएको छ । अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु ।’

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि बिहीबार जिल्ला अदालतले उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रतिकृया