• ४ साउन २०८३, सोमबार
  • ४:०० बिहान

काेसी सरकार ढल्यो, पक्षमा ४६ र विपक्षमा ४३ मत

प्रकाशित मिति

२०८० असार १५ गते, शुक्रबार ०१:५३

१५ असार २०८०, विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सदनमा विश्वाको मत प्राप्त गर्न सकेनन् ।‌ बहुमत जुटाउन नसकेपछि कार्की पदमुक्त भएका छन् । वहुमत पुर्याउन ४७ मत आवश्यक पर्दथ्यो । कार्कीले ४६ मत प्राप्त गरे ।‌ मत विभाजनमा ८९ सांसद उपस्थित थिए ।


शुक्रबार कोसी प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि सदनमा उठेका जिज्ञासाको जवाफ दिएर कार्कीले मत विभाजन गराउन सभामुख बाबुराम गौतमसमक्ष आग्रह गरेका थिए । कार्कीले ४६ मत प्राप्त गरे । कार्कीलाई एमालेका ४० र राप्रपाका ६ सांसदले मत दिए ।‌ विपक्षमा ४३ मत खस्यो ।

Kamana Sewa

जसपाका एक र गठबन्धन दलबाट दुई सांसद मत विभाजनमा अनुपस्थित थिए । मुख्यमन्त्री कार्की पुस २४ गते नियुक्त भएका थिए । २५ गते शपथग्रहण गरेका थिए । उनी ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

Classic Tech Desktop

नेकपा (माओवादी केन्द्र)ले जेठ २३ र जनता समाजवादी पार्टी (जसपा)ले त्यसअघि जेठ १७ गते समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका थिए । अल्पमतमा परेको अवस्थामा कार्कीले सरकारको नीति तथा कार्यक्रम र अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएका थिए ।‌


अध्यादेश बिहीबार प्रदेशसभाको बैठकमा टेबुल भएको छ । मुख्यमन्त्री कार्की पदमुक्त भएसँगै अब गठबन्धन दलले नयाँ सरकार गठनको प्रक्रिया थाल्ने नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले जानकारी दिएका छन् ।‌ कसले नेतृत्व गर्ने भन्ने विषयमा केन्द्रले निर्णय गर्ने थापाले बताए ।

प्रतिकृया