• ९ असोज २०८३, शुक्रबार
  • ७ः१६ बेलुका

एमाले सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन

प्रकाशित मिति

२०८० जेष्ठ ८ गते, सोमबार ०७:३५

८ जेठ २०८०, काठमाडौँ : नेकपा (एमाले)का सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ।आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि टिप्पणी गर्ने क्रममा उनले बोलेका शब्द संसदीय मर्यादा प्रतिकूल भएको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिएको सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानामगरले बताइन्।

National Life

एमाले सांसद शाहीले संसद्मा कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्रि पाण्डेको नामै लिएर टिप्पणी गरेका थिए।


‘बूढा महामन्त्रीहरू पद खाँदाखाँदा बुद्धि धमिल्लिनु स्वाभाविकै हो। तर, तेज करार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री मेरो जिल्लाको हुनुहुन्छ बद्रि पाण्डे तपाईंहरूलाई अलिकता पनि संकोच लागेनरु सत्ता स्वार्थको निम्ति बीपीको सिद्धान्तलाई छाड्ने,’ उनले भनेका थिए । ७ वटा मन्त्रीको निम्ति कांग्रेसले गहतको झोलमा जात फालेको बताएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसपछि कांग्रेस सांसद ईश्वरी न्यौपानेले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेकी थिइन्। ‘हामी संसद्मा छौँ सभामुख महोदय, संसद्मा बोल्दै गर्दा सम्पूर्ण पार्टी बसेर नियमावली पनि बनाएका छौं। मर्यादित भाषामा संसद्मा बोल्नुपर्छ। मैले त्यो जानेको छु। भर्खरै बोलिराख्नु भएको माननीयले, एक त संसद्मा बोल्ने कुरा प्रत्येक माननीयज्यूले सभामुमखमार्फत् भन्नुपर्छ, उहाँमार्फत् सुनाउनुपर्छ। अहिले बोलिरहनु भएको माननीयले दर्शन विचार राख्दै प्रत्येक माननीयको नाम टिपिराख्नु् भएको छ। दर्शन पढाइराख्नु भएको छ। हामी संसद्मा बोलिरहेका छौं कि, व्यक्ति–व्यक्ति र पार्टीेलाई भनिरहेका छौं। उहाँले बोल्नु भएको शब्दहरू रेकर्डबाट हटाइयोस्,’ उनले माग गरिन्।


त्यसपछि उपसभामुख मगरले शाहीले मर्यादा प्रतिकूल शब्द रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन्। संसद्मा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ।

प्रतिकृया