• ३ असोज २०८३, शनिबार
  • ८ः४६ राती

लक्षित वर्गकाे नि:शुल्क उपचारका लागि शय्या छुट्याउन अस्पतालहरूलाई मेयर शाहको निर्देशन

प्रकाशित मिति

२०८० जेष्ठ ७ गते, आईतवार ११:२७

जेठ ७, २०८०, काठमाडाैं : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याइ नि:शुल्क उपचार गर्ने व्यवस्था कार्यान्वयन गर्न अस्पतालहरूलाई निर्देशन दिएका छन्।

National Life

आइतबार आफ्नै फेसबुक पेजमार्फत सूचना जारी गर्दै मेयर शाहले उक्त कार्य नगरेको पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारबाही हुने चेतावनी दिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

साथै उनले उपलब्ध गराएको सेवाको सूचना प्रत्येक महिनाको १० गतेभित्र टाँस्न अस्पतालहरूलाई निर्देशन दिएका छन्।


स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन उनको निर्देशन छ।

प्रतिकृया