• 5:08 pm

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

प्रकाशित मिति

२०८० जेष्ठ ५ गते, शुक्रबार ०२:५१

जेष्ठ ५ , २०८०, काठमाडौँ : मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम पारित गरेको छ। आज शुक्रबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। पौडेल कुनै तामझाम नगरी संसद भवन नयाँ बानेश्वर जाने तयारी गरेका छन् । बैठक ४ बजेका लागि बोलाइएको छ।

प्रतिकृया