• १८ भदौ २०८३, बिहीबार
  • १०ः३७ राती

माओवादी उपाध्यक्ष सापकोटा सहित २० सदस्यीय टोली चीन भ्रमणमा जाँदै

प्रकाशित मिति

२०८० जेष्ठ ५ गते, शुक्रबार ०२:१७

जेष्ठ ५ , २०८०, काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेताहरूको टोली शुक्रबार चीन भ्रमणमा जाँदैछ। पार्टी उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि अहिले केहिबेरमा चीनको छेन्दु प्रस्थान गर्न लागेको हो।


अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको भ्रमण टोलीका सदस्य जीपी मैनालीले जानकारी दिए। उनका अनुसार कम्युनिष्ट पार्टी अफ चाईनाको निमन्त्रणमा टोली भ्रमणमा निस्कीएको हो।

Kamana Sewa

भ्रमण टोलीमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन्। प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा रहेको मैनालीले जानकारी दिए।

Classic Tech Desktop

प्रतिकृया