• २५ भदौ २०८३, बिहीबार
  • ७ः३५ बेलुका

रासस अध्यक्ष झालाई मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार

प्रकाशित मिति

२०८० बैशाख ३१ गते, आईतवार १०:१३

वैशाख ३१, २०८०, काठमाडौँ: नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट राष्ट्रिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने हुनु भएको छ ।

National Life

रौतहटबाट प्रसारण हुने रेडियो मधेश मसला १०६.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता पत्रकार मनोजकुमार चौधरीको कोरोना संक्रमणका कारण ४१ बर्षको अल्पायुमै नारायणी अस्पताल बिरगंजमा उपचारको क्रममा २०७८ बैशाख २८ गते निधन भएको थियो ।


उनको निधन पश्चात नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकार चौधरीको सम्झनामा “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार”को स्थापना गरेको थियो । यस बर्षको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” आगामी २०८० जेठ २० गते शनिबारका दिन प्रदान गरिने भएकाे छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पच्चीस हजार रूपैयाँ पुरस्कार राशी रहेको सो पुरस्कार राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई दिइने नेपाल पत्रकार महासंघ रौतहटका सचिव मदन ठाकुर (धनन्जय ) द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । गतवर्ष उक्त पुरस्कार बाट गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएएकाे नेपाल पत्रकार महासंघ राैतहटका कोषाअध्यक्ष धर्मेन्द्र साहले जानकारी गराउनु भएको हाे ।

प्रतिकृया