• १९ भदौ २०८३, शुक्रबार
  • २ः०२ राती

ट्राफिक प्रहरीको लापसे चेकिङमा भाडाको माइक्रो बस चलाउने दुई जना चालक सहित ६ जना नियन्त्रणमा

प्रकाशित मिति

२०८० बैशाख २४ गते, आईतवार १०:४६

वैशाख २४, २०८०, काठमाडौँ : काठमाडौँको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी माइक्रो चलाउने दुई जना सहित ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।


बा ७८ प ९२६ नम्बरको मोटरसाइकल चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने २५ वर्षीय सशांक मुडवरी, बागमती प्रदेश ०२ ०३४ प ३८ ४५ नम्बरको मोटरसाइकल चालक बाराका २५ वर्षीय निकेश श्रेष्ठ, बा ३ ख ४२ नम्बरको माइक्रो चालक धादिङको सिद्धलेख गाउँपालिका ७ का ३१ वर्षीय भगवान गिरी, ग २ ख १२ ८७ नम्बरको माइक्रो चालक स्याङजाका ३१ वर्षीय सन्तोष बि.क., बा ११ च २२ ०० नम्बरको कार चालक रामेछापको खाडादेबी गाउँपालिका बस्ने २१ वर्षीय अन्न बहादुर चौहान र ग १ क ५२ ५१ नम्बरको कन्टेनर चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ का ३२ वर्षीय रामचन्द्र प्रजालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

Kamana Sewa

नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले आज २० ओटा सवारी साधन चेक गर्दालागुपदार्थ सेवन गरी सवारी साधन चलाउदै गरेका ६ जना चालक फेला पारेको थियो ।

Classic Tech Desktop

लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउनु निन्दनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा चालक लगायत यात्रुको जिवन समेत जोखिममा पर्ने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउनुहुन चालकहरूलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गर्नु भएको छ ।

प्रतिकृया