• १९ भदौ २०८३, शुक्रबार
  • १२ः०२ राती

रमण कन्ट्रक्सनले सम्झौताअनुसार खानेपानीको काम नगरेको उपभोक्ताहरुको आरोप

प्रकाशित मिति

२०८० बैशाख १९ गते, मंगलवार ०४:३१

वैशाख १९, २०८०, काठमाडौँ: रमण कन्ट्रक्सन प्रा.ली.ले इलाम खानेपानी आयोजनाको काम सम्झौताबमोजिम नगरेको उपभोक्तहरुले आरोप लगाएका छन् । उपभोक्ताहरुले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अनियमिताबारे जानकारी गराएका हुन् । रमण कन्स्ट्रक्सनले सम्झौता बमोजिमका काम नगरेको भन्दै उनीहरुले छानविनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमासमेत उजुरी दिइसकेका छन् ।


अहिले खानेपानी नयाँ पाइपबाट वितरण भएपनि उक्त पानी सम्झौता भएअनुसारको स्थानबाट नल्याइएको उपभोक्ता सुमन श्रेष्ठले बताए । ‘हाल खानेपानी नयाँ पाईपबाट दिइरहेको भएपनि सो पानी साविककै गिताङ र भाडी खोलाको हो । सम्झौतामा उल्लेख भएको मेवा खोला र राते खोलाको प्रति सेकेण्ड २० लिटरको पानी नयाँ पाइपमा हालिएको छैन,’–श्रेष्ठले भने ।

Kamana Sewa

उक्त खानेपानी आयोजना एडीबीको सहयोगमा नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी छ । कोरोना महामारीका कारण समयमा काम सम्पन्न नगरेको रमण कन्स्ट्रक्सनले थप गरिएको समयमा पनि काम सम्पन्न नगरेको र भएका कामहरु पनि सम्झौताबमोजिम नभएको आरोप छ ।

Classic Tech Desktop

‘सम्झौताविपरित गुणस्तरहीन कार्य गरेको आयोजनाका संरचनाहरु सम्झौताबमोजिम नगरिएको, मापदण्डविपरित पाइप फिटिङ्ग गरिएको, मिटर बक्स कमसल तथा गुणस्तरहीन जडान गरेको कारणबाट सो खानेपानीका उपभोक्तालाई दुरागामी असर परेको छ,’–श्रेष्ठले भने ।


साथै, उपभोक्ता समितिहरुले स्थलगत निरीक्षण गरी सम्झौतामा उल्लेख भएबमोजिमको काम गर्न निर्देशन दिनपनि अख्तियारलाई अनुरोध गरेका छन् । उपभोक्ता श्रेष्ठले उचित छानविनमा सहयोग गरिदिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेसमक्ष आग्रहसमेत गरेका छन् । ‘रवि सर हामी आम इलामबासीहरुलाई सहयोग गरिदिनुहुन म यहीबाट अपिल गर्न चाहन्छु,’– उनले भने ।

प्रतिकृया