• १९ भदौ २०८३, शुक्रबार
  • ९ः३० बिहान

लागु औषध गाँजा २०२ के.जी. सहित ३ जना मानिस पक्राउ

प्रकाशित मिति

२०८० बैशाख १९ गते, मंगलवार ०१:०९

वैशाख १९, २०८०, काठमाडौँ:  जिल्ला मकवानपुर, थाहा न.पा. वडा नं ७ आग्रा स्थितमा अवैध लागु औषध गाँजाको खरिद बिक्रि कारोवार भई रहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर र ई.प्र.का. पालुङ, मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले निरन्तर निग्रानी गर्दै जाने क्रममा मिति २०८०/०१/१८ गते बिहान अं. ०५:०० बजेको समयमा ऐ.ऐ. ठेगाना भएको बर्ष ६७ को ईन्द्र बहादुर थिङको घरबाट १७५ के.जी. गाँजाको धुलो र ऐ.ऐ. ठेगाना भएका बर्ष ७६ को भिम बहादुर थिङ र बर्ष ३९ को शिबराज थिङको घरबाट २७ के.जी. गरी जम्मा २०२ के.जी. गाँजाको धुलो सहित ३ जना मानिस पक्राउ गरी लागु औषध नियन्त्रण-ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारवाहीको लागि निजहरूलाई ईलाका प्रहरी कार्यालय, पालुङ मकवानपुरमा बुझाइएको ।


साथै निजहरूको साथबाट बरामद भएको लागु औषध गाँजाको अवैध बजार मुल्य अन्दाजी प्रति के.जी. रू.१५,०००/- का दरले अं. रू. ३०,३०,०००।- रहेको ।

Kamana Sewa

प्रतिकृया