• १९ भदौ २०८३, शुक्रबार
  • ९ः०९ राती

आज प्रतिनिधिसभाकाे बैठक बस्दै

प्रकाशित मिति

२०८० बैशाख १५ गते, शुक्रबार ०९:०७

१५ वैशाख २०८०, काठमाडौँ : आज प्रतिनिधिसभाकाे बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ। आजको बैठकमा पनि संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल नहुने भएको छ ।


प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज पनि सो विधेयक समावेश छैन । यसअघिको बैठकमा सो विधेयकमाथि छलफल गर्ने भनेर सम्भावित कार्यसूचीमा समावेश गरिए पनि अन्तिम समयमा हटाइएको थियो । अघिल्लो बैठकमा कार्यसूचीबाट हटाइएको सो विधेयक आज आउने अपेक्षा गरिएको थियो ।

Kamana Sewa

आजको बैठकमा सङ्घीय संसद् अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिका सदस्यहरूको नाम भने मनोनयन हुने भएको छ । आज सांसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ ।

Classic Tech Desktop

संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त हुने बाटो अझै खुल्न सकेको छैन । कायममुकायम प्रधानन्यायाधीशबाट चल्दै आएको न्यायालयलाई नेतृत्वविहीन अवस्थाबाट मुक्त गराउनका लागि सो विधेयक पारित हुनु अनिवार्य छ ।

प्रतिकृया