• २३ भदौ २०८३, मंगलबार
  • १२ः१४ दिउँसो

नव बर्ष उत्सव २०८० को लागि प्रभु बैंक र दराज बीच सम्झौता

प्रकाशित मिति

२०७९ चैत्र २९ गते, बुधबार ०४:३७

२९ चैत्र २०७९, काठमाडौँ: प्रभु बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहाक ग्राहकहरूलाई नव बर्ष उत्सव २०८० को छुट उपलब्ध गराउनको लागि दराज नेपालसँग आपसी सम्झौतामा हस्ताक्षर गरेको छ । यस योजना मिति २०७९ / १२ / २८ बाट लागु हुनेछ । यस सम्झौतामा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन् ।

National Life

यो सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखी १४ सम्म डेबिट कार्ड मार्फत प्रीपेमेन्टमा ८% वा अधिकतम रु ७५०/- बराबरको छुट पाउनेछन भने क्रेडिट कार्ड मार्फत १०% वा अधिकतम रु १०००/- सम्मको छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी ग्राहकहरुले २०२३ अप्रिल १५ देखी २० सम्म २०% वा अधिकतम रु २००/- सम्मको छुट पाउन सक्नेछन् । उक्त अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सकृय गर्नु पर्दछ ।


दराजद्वारा सूचिकृत गरीएको स्वास्थ्य, सौन्दर्य र पहिरनका सामानहरुको खरिदमा ग्राहकहरुले २०% वा अधिकतम रु २००/- सम्मको छुट पाउन सक्नेछन्। प्री पेमेन्ट छुट सिमित अवधीको लागि मात्र जारी रहनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया