उदयपुर सिमेन्ट उद्योगको खरिद व्यवस्थापन पारदर्शी
प्रकाशित मिति
२०७९ चैत्र २९ गते, बुधबार ०४:५७
२९ चैत्र २०७९, काठमाडौँ: उदयपुर सिमेण्ट उद्योग लि.ले खरिद तथा सेवा आपूर्ति गर्दा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा उद्योगको आर्थिक प्रशासन तथा खरिद सम्बन्धि विनियमावली २०६५ बमोजिम बोलपत्र आह्वान गरि उद्योगबाट स्वीकृत स्पेशिफिकेसनको आधारमा खरिद व्यवस्थापन गर्ने गरेको छ ।
यसै सन्दर्भमा आपूर्तिकर्ताले आपूर्ति गर्ने कोईला उद्योग परिसर भित्र आई सकेपछि उद्योगको प्रयोगशालामा परीक्षण गरि प्रयोग गरिने र अनलोड गर्दाकै स्थितीमा मिसावट देखिएमा उक्त लोड सहितको गाडी फिर्ता गर्ने गरेको छ । यस अघि रिजेक्ट भएको कोइलालाई कोईला यार्ड नजिकै छुट्टै राख्ने गरेको छ र सम्बन्धित आपूर्तिकर्ताले फिर्ता लैजाने क्रममा रहेको छ ।
यसै क्रममा आज मिति २०७९/१२/२९ मा प्राप्त २ गाड़ी कोईलामा मिसावट देखिएकोले उक्त लोड सहितको गाडी फिर्ता गरिएको छ । यसरी उद्योगले अत्यन्त पारदर्शी रुपमा खरिद व्यवस्थापन गरि राखेको कुरा उद्योगले जानकारी गराएको छ ।
प्रतिकृया