• १८ भदौ २०८३, बिहीबार
  • ९ः१४ राती

न्यासभिल स्कुल गोलीकाण्ड : २८ वर्षीय पूर्व विद्यार्थीले लिए ६ जनाको ज्यान

प्रकाशित मिति

२०७९ चैत्र १४ गते, मंगलवार ११:११

१४ चैत्र २०७९, काठमाडौँ: अमेरिकाको टेनेसी राज्यको न्यासभिल सहरस्थित एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। विद्यालयका पूर्व विद्यार्थीले गोली चलाउँदा तीन बालबालिका र तीन कर्मचारीसहित ६ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । गोलीकाण्डमा मारिनेमध्ये तीन जना कभेनेन्ट स्कुलका नौ वर्ष र सोभन्दा कम उमेरका विद्यार्थी थिए। उनीहरुको नाम एभलिन डिकहस, हेली स्क्रग्स र विलियम किन्नी रहेको प्रहरीले जनाएको छ ।


त्यस्तै, ६१ वर्षीया सिन्थिया पीक, ६० वर्षीया क्याथरिन कुन्से र ६१ वर्षीय माइक हिल पनि गोलीकाण्डमा मारिकएका छन्। निजी क्रिश्चियन विद्यालयमा करिब २०० विद्यार्थी छन्। यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका विद्यार्थीहरूलाई पढाइन्छ । सिन्थिया पीक त्यो दिन विद्यालयमा वैकल्पिक शिक्षिकाको रुपमा कार्यरत थिइन्। माइक हिल एक चौकीदार थिए भने कोभेनेन्टको वेबसाइटका अनुसार क्याथरिन कोन्से विद्यालय प्रमुख थिइन् ।

Kamana Sewa

संदिग्ध २८ वर्षीय अड्रे हेल रहेको प्रहरीले बताएको छ। अड्रेले आफूलाई ट्रान्सजेन्डरको पहिचान दिइएको बताइएको छ । अड्रेसँग​एक सेमी अटोमेटिक राइफलसहित तीन बन्दुक रहेको र प्रहरीले उनलाई गोली हानी मारेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। स्थानीय समय अनुसार सोमवार बिहान १० बजेर १३ मिनेटमा प्रहरीलाई घटनाबारे पहिलो फोन आएको थियो ।

Classic Tech Desktop

अड्रे होन्डा फिटमा विद्यालयमा गएको र विद्यालयको एउटा ढोकाबाट गोली हानेर भित्र पसेको बताइएको छ। उनले भवनको माथिल्लो तल्लामा जानुअघि भुइँ तल्लामा गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीको कारहरू विद्यालयमा आइपुग्दा अड्रेले दोस्रो तलाबाट उनीहरूमाथि गोली चलाएको र एउटा गोली कारको सिसामा लागेको प्रहरीले जानकारी दिएको छ । सिसा फुट्दा एक प्रहरी घाइते भएका छन् । प्रहरी विद्यालयभित्र पसेर करिब साढे १० बजेतिर संदिग्धलाई गोली हानेर मारेका थिए ।

प्रतिकृया