• १६ भदौ २०८३, बुधबार
  • २:२३ बेलुका

वरिष्ठ उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठ टीमले पायो पूर्णता, सदस्यको समेत लाग्यो टुङ्गो

प्रकाशित मिति

२०७९ चैत्र १४ गते, मंगलवार ११:१४

चैत १४, २०७९, काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठको टीमले पूर्णता पाएको छ । लामो समयको छलफलपछि आज भएको बैंठकबाट उमेशलाल श्रेष्ठ समुहको टीमले पूर्णता पाएको हो । उक्त समुहबाट वरिष्ठ जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उठ्ने भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरु सरकारसँग जोडदार रुपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफु पुनः सोही समुहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।


यस्तै बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् । उनले सुरुदेखिनै महासंघमा उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै सोही समुहबाट आफुलाई बस्तुगततर्फको उपाध्यक्षमा अघि बढाएका थिए । यसैगरी सो समुहबाट एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य उठ्ने भएका छन् । लामोसमयदेखि एसोसिएट्स समुहको टीमको पूर्णता दिन नसकेको उक्त समुहले आज उपाध्यक्षको उम्मेदवार भरत आचार्यको नेतृत्वमा टीमलाई पूर्णता दिएको हो ।

Kamana Sewa

पदाधिकारीको टुङ्गो लगाएको सो समुहले सबै समुहका सदस्यहरुको समेत टुङ्गो लगाएको जानकारी दिएको छ । ‘हामीले ६० प्रतिशत पुराना जितेका तथा यस अघि उठेका र ४० प्रतिशत नयाँ साथीहरुलाई समावेश गरेर सदस्यहरुको टुङ्गो लगाएका छौं,’ सो समुहका एक जिम्मेवार व्यक्तिले भने, ‘पदाधिकारी तहको सबै टुङ्गो लाग्यो तर सदस्यहरुमा आवश्कताका आधारमा सबैलाई समेट्नेगरी एक दुई जना साथीहरु थपघट हुन सक्छन् ।’

Classic Tech Desktop

भर्खरै सम्पन्न महासंघको प्रदेश निर्वाचतमा सबै प्रदेशमा उमेशलाल श्रेष्ठ समुहका उद्योगी व्यवसायीहरु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै बस्तुगततर्फ पनि उमेशलाल श्रेष्ठ समुहको राम्रो पकड रहेको छ । उमेशलाल श्रेष्ठ समुहबाट महासंघमा दुई कार्यकाल सदस्य रहेर सधै व्यवसायीक हकहितमा काम गर्दै आएका हेमराज ढकाल उपाध्यक्षका उम्मेदवार रहेकाले पनि बस्तुगततर्फ सो समुह वलियो रहेको सम्बद्ध सदस्यहरुनै बताउँछन् ।


महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको समेत उक्त समुहलाई समर्थन हुने भएकाले उमेशलाल समुह सबैभन्दा बलियो रहेको उद्योगी व्यवसायीहरु बताउँछन् । यस्तै वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले पनि हरेकजसो कार्यक्रममा अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको आफुलाई समर्थन रहेको र आफु ढकालको सहयोगी बनेर व्यवसायीक हकहितमा काम गर्न वरिष्ठ उपाध्यक्ष भएर महासंघमा जान लागेको बताउँदै आएका छन् । साथै उमेशलाल श्रेष्ठ समुहले यसै हप्ता विशेष कार्यक्रमबीच उम्मेदवारी घोषणा गर्ने भएको छ ।

प्रतिकृया