• 10:57 pm

नेपालमा हिन्दी फिल्म ‘भिटी १३’ को छायांकन सम्पन्न

प्रकाशित मिति

२०७९ चैत्र ७ गते, मंगलवार ०२:४४

७ चैत्र २०७९, काठमाडौँ: नेपालमा हिन्दी फिल्मको छायांकन गरिएको छ । सोनी पिक्चर्स इन्टरनेशनल र रेनेसान्स पिक्चर्सले निर्माण गरेको फिल्म ‘भिटी १३’ (वर्किङ टाइटल) नेपालमा छायांकन गरिएको हो । शक्तिप्रताप सिंह हाडाले निर्देशन गरेको फिल्म सत्य घटनाबाट प्रेरित छ। फिल्ममा अभिनेता वरुण तेज र पूर्वमिस वर्ल्ड मानुषी छिल्लर मुख्य भूमिकामा छन्।


हिम पहाड, हिमाली उपत्यका र यसका वरपरका क्षेत्रहरूको यथार्थवादी पृष्ठभूमि प्रदर्शन गर्न नेपाल छनोट गरेको निर्माण पक्षले जानकारी दिए। फिल्मको छायांकन हरि के वेदान्तमले गरेका हुन् । यो फिल्म लाङटाङ उपत्यका क्षेत्र, सिन्धुपाल्चोक जुगल हिमाल र परिधिमा छायांकन गरिएको हो। मार्च ३ देखि ९ सम्म अल्टिच्युड एयरको हेलिकप्टर र क्याप्टेन विवेक खड्काको उडानबाट सबै दृश्य खिचिएको हो ।


यो फिल्ममा हिमाल र उपत्यकाको दृश्य खिच्नका लागि उत्कृष्ट प्रविधिको प्रयोग गरिएको थियो । फिल्मको कथा आमिर खान, सिद्धार्थ राज कुमार र शक्ति प्रताप सिंहले तयार पारेका छन् ।


फिल्मका लाइन प्रोड्युसर फुर्वा शेर्पा हुन् । शेर्पा रेकर्ड होल्डर निर्माता र निर्देशक हुन् । उनले सिएनएन, नेशनल जियोग्राफिक, एबिसी र लन्डनस्थित स्टोरीटेलर्स उत्पादन कम्पनीका लागि धेरै अन्तर्राष्ट्रिय परियोजनाहरूमा काम गरेका छन् ।

प्रतिकृया