• ११:५२ २०८० चैत्र ६ गते
  • 11:52 am

एकीकृत समाजवादीको रोजाइमा कृषि, सिँचाइ र खेलकुद मन्त्रालय

प्रकाशित मिति

२०७९ चैत्र ७ गते, मंगलवार ०१:५६

ekikrit

७ चैत्र २०७९, काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालयमा दाबी पेस गर्ने तयारी गरेको छ । संघ र प्रदेश सरकार गठनमा आवश्यक पहल गर्ने गरी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल समेत गठन गरिएको छ ।


कार्यदलको प्रारम्भिक छलफलमा जनतासँग जोडिएर काम गर्ने मन्त्रालय आफूले लिनुपर्ने सुझाव आएको एकीकृत समाजवादीका एक पदाधिकारीले जानकारी दिए । “अहिले जनतासँग जोडिएर बढीभन्दा बढी काम गर्न सकिने मन्त्रालय लिनुपर्छ भन्ने सुझाव आएको छ,” एकीकृत समाजवादीका एक उच्च पदाधिकारीले भने, “त्यसरी काम गर्नका लागि कृषि, ऊर्जा तथा सिँचाइ र युवा तथा खेलकुद मन्त्रालय हुनसक्छन् भन्ने सुझाव आएको छ ।”


ती पदाधिकारीले एकीकृत समाजवादीले पाउने मन्त्रालयको संख्याका विषयमा भने बताउन चाहेनन् । “हामीले दाबी गर्ने मन्त्रालय सरकारमा सहभागी दलहरूको संख्याका आधारमा निर्धारण हुन्छ,” ती पदाधिकारीले भने ।

प्रतिकृया