• ११ असोज २०८३, आइतबार
  • १ः५० राती

९२ वर्षको उमेरमा पाँचौँ विवाह गर्दै मिडिया टाइकुन रुपर्ट मर्डोक

प्रकाशित मिति

२०७९ चैत्र ७ गते, मंगलवार १०:५९

७ चैत्र २०७९, काठमाडौँ: मिडिया टाइकुन रुपर्ट मर्डोकले पाँचौँ विवाह गर्ने भएका छन् । उनले एन लेस्ली स्मिथसँग विवाह गर्ने घोषणा गरेका हुन् । लेस्ली स्मिथले प्रहरी अधिकारीहरूका लागि काउन्सिलिङको काम गर्थिन् ।

National Life

९२ वर्षीय मर्डोकले गत वर्ष सेप्टेम्बरमा क्यालिफोर्नियामा भएको एक कार्यक्रममा ६६ वर्षीय स्मिथलाई भेटेका थिए । मर्डोक गत वर्ष आफ्नी चौथी श्रीमती जेरी हलसँग अलग भएका थिए।


रुपर्ट मर्डोकले एन लेस्ली स्मिथलाई प्रपोज गर्दा उनी निकै नर्भस भएको बताए । स्मिथले मर्डोकसँगको आफ्नो सम्बन्धको बारेमा न्यूयोर्क पोस्टलाई बताइन्, ‘यो हामी दुवैका लागि ईश्वरले दिएको उपहार हो। हामी गत सेप्टेम्बरमा पहिलाे पटक भेटेका थियाैँ ।’ ‘म विगत १४ वर्षदेखि विधवा हुँ। रुपर्टजस्तै मेरो श्रीमान् पनि व्यापारी हुनुहुन्थ्यो… त्यसैले म रुपर्टको भाषा बोल्छु। हामी दुवैको सोच एउटै छ’, उनले थपिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मर्डोकको पहिलो तीन विवाहबाट छजना छोराछोरी छन् । मर्डोकले यसअघि अष्ट्रेलियाकी प्याट्रिसिया बुकर, स्कटिस मूलकी अन्ना मान र चिनियाँ मूलकी व्यवसायी वेन्डी डेङसँग विवाह गरिसकेका छन् ।

प्रतिकृया