• १० असोज २०८३, शनिबार
  • १२ः५५ राती

युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा छनोट

प्रकाशित मिति

२०७९ चैत्र २ गते, बिहीबार ०६:०१

२ चैत्र २०७९, काठमाडौँ: आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

National Life

जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।


यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया