• १० असोज २०८३, शनिबार
  • १२ः५१ राती

आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालले पिएनजीलाई ५२ रनले हरायो

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार ०४:५९

२५ फागुन २०७९, काठमाडौँ : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले पिएनजीलाई ५२ रनले हराएको हो। बिहीबार नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २४५ रनमा अलआउट भयो।

National Life

पिएनजीका लागि ओपनर टोनी उराले अर्धशतक प्रहार गरे। उनले ४४ बलमा ५० रन जोडे। अर्का ओपनिङ ब्याट्सम्यान किप्लिन डोरिगाले २६ रन जोडे। दुईबीच पहिलो विकेटका लागि ११।२ ओभरमा ७७ रनको साझेदारी भएको थियो। यस्तै नोर्मान भानुआले पनि अर्धशतक प्रहार गरे। उनी ६० रनमा रनआउट भए।


ओपनर किप्लिनलाई दिपेन्द्रसिंह ऐरीले रनआउट गरेपछि नेपालले पहिलो सफलता हात पारेको थियो। कप्तान असद भालाले ५३ रनमा ४२ रन जोडे। उनलाई कुशल मल्लले आरिफ शेखबाट क्याच गराएका थिए। यस्तै चार्ल्स अमिनीलाई दिपेन्द्रले १४ रनमा बोल्ड गरे। हिरी हिरीलाई ८ रन र चाड सोपरलाई शून्यमा सन्दीप लामिछानेले ३३ ओभरको दोस्रो र तेस्रो बलमा लगातार आउट गरेका थिए। यस्तै उनले रिली हेकुरेलाई २० रनमा आउट गरे।

Classic Tech Mobile
Classic Tech Desktop

बलिङमा नेपालका सन्दीप लामिछानले ४ विकेट लिए। उनले १० ओभरमा १ मेडन ओभर फ्याँक्दा ३७ रन खर्चिए। यस्तै दिपेन्द्रसिंह ऐरीले २ विकेट हात पार्दा कुशल मल्लले १ विकेट लिए। नेपालले पिएनजीका दुई खेलाडीलाई रनआउट गरे। त्यसअघि टस जितेको पिएनजीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ५ बल खेल्न बाँकी छदा २९७ रनमा अलआउट भयो।

प्रतिकृया