विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०७९ मनाइयो

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार १२:४८

IMG 3936 scaled e1678345257295

२५ फागुन २०७९, काठमाडौँ: यस बर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मृगौला दिवश मनाइदै छ । प्रत्येक अंग्रेजी बर्ष मार्च महिनाको दोस्रो विहिवार यो दिवश विश्वभर मनाइने गरिन्छ । प्रत्येक १० जना मध्ये १ जनलाई मृगौला रोग लाग्ने गर्दछ र विश्वभरी नै मृगौला रोगको प्रकोप वढि रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले मृगौला दिवशको आयोजना गर्ने गरिन्छ यसै क्रमलाई निरन्तरता दिँदै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य अभियान नेपाल र अंग प्रत्यारोपण समाज नेपालले संयुक्त रुपमा कार्यक्रम गरी विश्व मृगौला दिवस मनाइएको हो ।



यस पटकको मृर्गौला दिवसको नारा “अप्रत्याशित रुपमा आइपर्ने संकटबाट जोखिममा भएका समुदायलाई बचाउनु” रहेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा आयोजना गरिएको यस वर्षको विश्व मृगौला दिवस कार्यक्रममा मैत्री पूर्ण फूटवल प्रतियोगिता, अंग दान शिविर र अन्य विविध कार्यक्रम र मृगौला पदयात्रा (Kidney Walk)    लगायतका विविध कार्यक्रम गरी मनाइएको छ ।अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्छन र उनीहरु पनि हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने र अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले अंग दाता अंग ग्रहणकार्ता र चिकित्सक, नर्स, कालाकार पत्रकार, समाजसेवी बीच मैत्रीपूर्ण फूटवल खेलको आयोजना गरी तेह्रौं नेपाल प्रत्यारोपण खेलकुद लागयतका विभिन्न कार्यक्रमसहित समापन गरिएको थियो ।



अंगदान शिविरबाट ५ जनाले आफ्नो मृत्यु पछिको अंगदानका लागि नाम लेखाएको केन्द्रकी कन्सलटेन्ट नेफ्रोलोजिस्ट तथा तेह्रौं नेपाल प्रत्यारोपण खेलकुदकी संयाजक डा. कल्पना श्रेष्ठले जानकारी गराउनुभयो. । त्यस्तै कार्यक्रममा अंग प्रत्यारोपित व्यक्तिहरु तथा चिकित्सक, समाजसेवी, कलाकार सहितको टोलीबीच भएको फूटबल प्रतियोगितामा मृर्गौला प्रत्यारोपित टोलिले ४–१ गोल अन्तरले पराजित गरेका थिए ।


विश्व मृर्गौला दिवसमा आयोजित प्रभातफरी(Kidney Walk)  कार्यक्रमको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले पमा गर्नुभयो । साथै फुटबल खेलेर फुटबल प्रतियोगिताको पनि उद्घाटन गर्नुभएको थियो । प्रत्यारोपण खेलकुदमा विशेष अतिथीहरु सहभागी हुनुहुन्थ्यो । बरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसमेत प्रत्यारोपण खेलकुदमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो भने विभिन्न अस्पतालका चिकित्सक लगायतको उपस्थिति थियो । उद्घाटन .ललितपुर महानगरपालिकाका.मेयर चिरबाबु महर्जनलेले गर्नुभयो ।



कार्यक्रममा बोल्दै प्रमुख अतिथी ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानको सह्राना गर्नुभयो । यस्ता अभियान आगामी दिनमा पनि चलाउनु पर्ने महर्जनले बताउनु भयो साथै स्वस्थ जीवन शैली अपनाई समय समयमा आफ्नो स्वास्थ्य जांच गराउनु पर्ने कुरामा जोड दिनु भयो । यस कार्यक्रममा विशिष्ठ व्यक्तित्वहरुबाट अंगदान भयो साथै लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुलाई अंगदाना कार्ड (Organ Donation Card)समेत वितरण गरियो ।



स्थापनाको १० वर्षमा १०२६ जनाको मिर्गौला प्रत्यारोपण, ९ जना को सफल कलेजो प्रत्यारोपण तथा मस्तिस्क मृत्यु भएको व्यक्तिबाट समेत अंग प्रत्यारोपण गरिसकेको राष्ट्रिय प्रयारोपण केन्द्रले हरेक वर्ष विभिन्न सन्देशका साथ विश्व मृगौला दिवस मनाउँदै आएको छ । गैर नाफामूलक संस्था स्वास्थ्य अभियान नेपालले र अंग प्रत्यारोपण समाज नेपालले अंग फेल हुनबाट बचाउन तथा अंगदान सम्बन्धि सेवा तथा जनचेतना जगाउने कार्यक्रमा आफ्नो स्थापनाकाल देखि नै यस केन्द्र सँग हातेमालो गर्दै आएको छ ।


विश्व भरि नै मृगौला तथा विभिन्न अंग फेल हुने समस्याले बिकराल रुप लिइरहेको अवस्थामा यस्तो दिवस मनाउनु समय सापेक्ष हुनाका साथै सर्वसाधारण जनतामा स्वस्थ जीवन शैली तथा अंग दान सम्बन्धि जनचेतनामा अभिवृद्दि हुने विश्वास लिइएको शहीद धर्मभक्त राष्ट्रिय पत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा बरिष्ठ प्रत्यारोपणविद् डा. पुकार चन्द्र श्रेष्ठले उद्दृत गर्नुभयो साथै उहाँले “अप्रत्याशित रुपमा आइपर्ने संकटबाट जोखिममा भएका समुदायलाई बचाउन” संसारमा आइपर्ने आपत–विपत जस्तै भुकम्प, बाढी, पहिरो, युद्ध, मौसमको चरम परिवर्तन तथा कोभिड–१९ जस्तो महामारीबाट समाजको जिवनस्तर तथा दिनचर्यामा ठूलो नकरात्मक असर पर्छ भन््दै यस्तो आपत विपतबाट मानबीय, भौतिक, आर्थिक र बातावरणीय क्षति तथा त्यसबाट पर्ने प्रभावबाट दीर्घरोगीहरु मध्ये विश्वभरका करीब ८५ करोड मृर्गौलाको रोगीहरु स्वास्थ्य सेवाबाट प्रभावित भई उनीहरुको रोगको निदान र उपचारमै समस्या आउने गर्दछ साथै नसर्ने रोगहरु जस्तै मुटुको रोग, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, दीर्घकालीन फोक्सोको रोगहरु तथा मृर्गौलाको रोगहरु अहिले संसारमा सबैभन्दा धेरै मृत्यूको कारण तथा ठूलो स्वास्थ्य समस्याको रुपमा देखा पर्को र यसको असर न्यून तथा मध्यम आय भएका देशहरुमा बढी पर्ने गरेको छ डा श्रेष्ठले बताउनु भयो ।

प्रतिकृया