• 8:52 pm

राष्ट्रपतिका लागि मतदान गरेर फर्कने क्रममा लडेर सांसद् गोविन्द न्यौपाने घाइते

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार १२:१७

२५ फागुन २०७९, काठमाडौँ:  राष्ट्रपतिको चयनका लागि मतदान गरेर फर्कने क्रममा मधेस प्रदेशका सांसद् गोविन्द न्यौपाने घाइते भएका छन्। उनी सप्तरी- ४ बाट निर्वाचित सांसद् हुन्।


आज बिहीबार जारी राष्ट्रपतिको चयन लागि नयाँ बानेश्वस्थित संघीय संसद् भवनमा पुगेर मतदान गरी मुख्य गेटबाट फर्कने क्रममा लडेर उनी घाइते भएका हुन्। उनकाे टाउकाेमा चाेट लागेकाे छ। घाइते भएका उनको यतिबेला सिभिल अस्पतालमा उपचार भरहेको छ।

प्रतिकृया