• २८ भदौ २०८३, आइतबार
  • ११ः२२ बिहान

सुदूरपश्चिमका मुख्‍यमन्त्री कमलबहादुर शाहलाई दुईतिहाइ मत प्राप्त

प्रकाशित मिति

२०७९ फाल्गुन २१ गते, आईतवार ०४:१०

२१ फागुन २०७९, काठमाडौँ: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट उनले नेकपा एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन्। केन्द्रमा बनेको नयाँ गठबन्धनमा आबद्ध दलहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिएका छन्।

National Life

५३ सदस्यीय प्रदेशसभामा आज उपस्थित सांसद ५२ थिए भने मुख्‍यमन्त्री शाहको पक्षमा ४१ मत पर्‍यो भने विपक्षमा ११ मत पर्‍यो। सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे।


मुख्‍यमन्त्री शाहले पाएको यो मत कुल संख्या ५३ को दुईतिहाइ भन्दाबढी हुन आउँछ। माघ महिनाको २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज विश्वासको मत लिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया