• १९ भदौ २०८३, शुक्रबार
  • १०ः३९ बिहान

उपसभामुख रानाको गुनासोः राज्यबाट पाउने सेवा सुविधासमेत पाइएन

प्रकाशित मिति

२०७९ फाल्गुन १९ गते, शुक्रबार ०४:२५

१९ फागुन २०७९, काठमाडौँ: प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा सुविधा नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेकी हुन् ।


राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिनेसमेत बताइन् । पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ थियो। उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाइन् ।

Kamana Sewa

उनले भनिन्, ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ । तर उपसभामुख भएको मेरो अहिले एक महिना भयो। मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ। मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरु रहेछ। अनि यो भ्रष्ट चाहिँ कस्तो भने पुरुषले महिलालाई गर्ने, ठूलो पार्टीले सानो पार्टीलाई गर्ने, त्यो भ्रष्टाचार होइन र?’

Classic Tech Desktop

उनले थपिन्, ‘म अन्याय र विभेद सहन नसक्ने मान्छे। म सानो भुँइमान्छे हो। म सांसद मात्रै हुँदा म नर्मल ठाउँबाट जान्थेँ। भीआईपीको सुविधा प्रयोग गर्दिनँ भन्थेँ। पहिला पुरुष उपसभामुख हुँदाखेरी चाहिँ आर्मी दिन्थ्यो रे। उहाँहरुलाई चाहिँ मन्त्री सरह सुविधा हुन्थ्यो रे। उपसभामुखलाई घर दिने रे भनिएको छ। दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नुपरेको छ।’

प्रतिकृया