• १० असोज २०८३, शनिबार
  • ११ः३० बिहान

पुल्चोक क्याम्पसमा नेविसंघको ‘ह्याकाथुन’ कार्यक्रमको उद्घाटन

प्रकाशित मिति

२०७९ फाल्गुन १६ गते, मंगलवार ०३:५७

१६ फागुन २०७९, काठमाडौँ: नेपाल विद्यार्थी संघ(नेविसंघ) केन्द्रीय समितिको आयोजना र नेविसंघ पुल्चोक क्याम्पस ईकाई समितिको सह–आयोजनामा ह्याकाथुन कार्यक्रमको उद्घाटन भएको छ। कार्यक्रम आजदेखि १८ गतेसम्म पुल्चोक क्याम्पसमा संचालन हुनेछ। ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्याहरुलाई कसरी उजागर गर्न सकिन्छ भन्नेबारे चर्चा तथा परिचर्चा सँगै समाधानको प्रयास थालिने जनाईएको छ।

National Life

विशेषगरी सरकारी कार्यालयहरु जस्तै: मालपोत कार्यालय, अध्यागमन विभाग, राहादानी विभाग, यातायात कार्यालयमा हुने गरेका सर्भर डाउनको समया, महिनौंसम्म सेवाग्राहीले सेवना लिन नसकेका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे र उक्त कार्यालयबाट सेवाग्राहीले सेवासुविधालाई प्रविधिको विकास र प्रयोगबाट कसरी छिटोछरितो र चुस्त बनाउने भन्नेबारे चर्चा र प्रयोगहरु गरिने जनाइएको छ।


नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको दाबी गरेकी छिन् । नेपाली सेनाको डेटाहरू टर्की पुग्ने गरेको जानकारी आफूले पाएको भन्दै उनले साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधि विकास गर्न जरुरी रहेको औँल्याइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको दाबी गरेकी हुन् । नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास नगरेसम्म नेपालको सुरक्षालगायत सबैखाले तथ्यांकहरू चोरी हुने खतरा रहेको उल्लेख गरिन् ।


‘हाम्रोजस्तो देशमा के हुँदोरहेछ भने हामीले सुरु त गर्‍याैँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरूको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो, तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ । त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट पनि ह्याक भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ,’ उनले भनिन् ।

प्रतिकृया