• 1:34 am

भारतको केरलामा मन्दिरमा पूजा गर्न रोबोट हात्तीको प्रयोग

प्रकाशित मिति

२०७९ फाल्गुन १६ गते, मंगलवार ०४:१०

१६ फागुन २०७९, काठमाडौँ: भारतको केरलाको एक मन्दिरमा दैनिक पूजा कर्म गर्न ‘रोबोट’ हात्तीको प्रयोग गरिएको छ । जिउँदो हात्तीको प्रयोग नगरी पूजा अर्चना गर्न ‘हात्तीनुमा रोबोट’ प्रयोगमा ल्याइएको हो ।


त्रिशुल जिल्लाको इरिंजाडापिलीस्थित श्री कृष्ण मन्दिरमा रोबोट हात्ती प्रयोग गरिएको हो । मन्दिर प्रशासनले कुनै पनि चाडपर्वमा जिवित पशुको उपयोग गर्न रोक लगाउने निर्णय गरेको छ। जस अनुसार रोबोट हात्ती पनि प्रयोगमा ल्याइएको हो ।


पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) र मलयालम फिल्मकी अभिनेत्री पार्वती तिरुवोतु मिलेर मन्दिरलाई रोबोट हात्ती दान दिएका हुन् । धार्मिक उत्सवमा जनावरमाथि गरिने क्रुरता बन्द गर्न प्रोत्साहित गर्न यो कदम उठाइएको हो । यसअघि मन्दिरमा फलामे पाशले बाँध्ने गरिन्थ्यो ।

प्रतिकृया