• 5:02 pm

आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने

प्रकाशित मिति

२०७९ फाल्गुन १६ गते, मंगलवार ०३:२९

१६ फागुन २०७९, काठमाडौँ: आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नुहुन्छ । सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो ।


यो सुबिधा केही समय पस्चात् लाईभ हुनेछ र लागु गरे पस्चात् ग्राहक वर्गहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिकृया