• १० असोज २०८३, शनिबार
  • ५ः०३ बिहान

विश्वकप लिग-२ : युएईलाई नामिबियाले हरायो

प्रकाशित मिति

२०७९ फाल्गुन १३ गते, शनिबार ०६:४४

१३ फागुन, २०७९, काठमाडौँ: आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईलाई नामिबियाले पराजित गरेको छ। शनिबार दुबईमा भएको खेलमा युएईमाथि नामिबियाले ७ विकेटको जित निकाल्यो। पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १६६ रन जोडेको थियो। उसका लागि कप्तान सी रिजवानले ६० रन जोडे।

National Life

१६७ रनको लक्ष्य नामिबियाले ३ विकेट गुमाएर २८.२ ओभरमा पूरा गर्‍यो। नामिबियाका लागि भान लिङ्गेनले नटआउट ७१ रन जोडे। यससँगै नामिबियाले लिग-२ मा आफ्ना सबै खेलेको छ। अब लिग-२ मा सहभागी ७ मध्ये नेपाल, युएई र पिएनजीले अन्तिम दुई त्रिकोणात्मक सिरिज खेल्न बाँकी छ।


तीनै टिमले दुई सिरिजमा ४-४ गरी ८ खेल खेल्नेछन्। लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ। लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ।

Classic Tech Mobile
Classic Tech Desktop

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई २८ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा रहदा छैटौं स्थानको नेपालको २८ खेलबाट २६ अंक छ। पुछारको ‍पिएनजीको २८ खेलबाट ५ अंक छ।


नेपाललाई शीर्ष तीनमा पर्न बाँकी सबै खेल जित्नु पर्ने दबाब छ भने एकदिवसीय मान्यता जोगाउन ५ खेल जित्नु पर्नेछ। नेपाल, युएई र पिएनजीबीच फागुन १५ देखि युएईमा सिरिज हुँदा अन्तिम सिरिज फागुन अन्तिम साता नेपालमा हुनेछ। सिरिजका लागि नेपाली आज युएईतर्फ गएको छ।

प्रतिकृया