अनावश्यक हर्न बजाउने ५२ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा
प्रकाशित मिति
२०७९ माघ १८ गते, बुधबार १२:५४
१८ माघ, २०७९, काठमाडौँ: काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मंगलबार गरिएको विशेष चेकिङको क्रममा अनावश्यक हर्न बजाएर ध्वनी प्रदुषण गर्ने ५२ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनी प्रदुषण गर्ने ५२ जना चालकहरू आज कारबाहीमा परेका हुन् । २०७४ वैशाख १ गते देखि नै काठमाण्डौ उपत्यकामा हर्न निषेध गरीएता पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारबाहीलाई तिव्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता भट्टले सम्पुर्ण चालकलाई अनुरोध समेत गर्नु भएको छ ।



प्रतिकृया