• १९ भदौ २०८३, शुक्रबार
  • ६ः३८ बेलुका

गृहमन्त्रालय नपाए सरकार छोड्ने रास्वपाकाे तयारी

प्रकाशित मिति

२०७९ माघ १७ गते, मंगलवार १२:३६

१७ माघ २०७९, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रालय नपाए सरकारबाट बा‍हिरिने तयारी थालेकाे छ । आइतबार नेपाली नागरिकता लिएपछि पुन:गृहमन्त्री बन्ने दाैडधूपमा लागेका रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । भेटमा गृहमन्त्रालयका लागि प्रधानमन्त्री दाहाल सकारात्मक नभएपछि रास्वपाले सरकारबाट बाहिरिने तयारी थालेकाे स्राेतले जानकारी दिएकाे छ ।


स्राेतका अनुसार लामिछानेकाे नागरिकता विवादका कारण माओवादीका केही नेता उनलाई पुन:गृहमन्त्रालय दिन तयार नभएकाे र बिहानकाे छलफलमा पनि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल सकारात्मक थिएनन् । यता, सरकारमा सहभागी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उनै रविलाई नै पुन: गृहमन्त्री बनाउन सहमत छन् ।

Kamana Sewa

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २० सिट जितेकाे रास्वपाले सरकारमा सहभागी हुँदा उपप्रधान तथा गृह मन्त्रालयसहित चार मन्त्रा‍लय पाएकाे हाे । सर्वाेच्च अदालतले माघ १३ गते शुक्रबार रविकाे नागरिकता अवैध भएकाे फैसला गरेपछि लामिछाने पद तथा जिम्मेवारीबाट बाहिरिएका थिए ।

Classic Tech Desktop

चितवन- २ बाट निर्वाचित लामिछानेकाे सांसद् पद खारेज भएपछि साे क्षेत्रमा उपनिर्वाचन हुँदैछ। रविले पुन: उम्मेदवारी दिने तयारी थालेका छन् । यद्यपि निर्वाचन आयाेगले भने निर्वाचनकाे मिति निर्धारण गरेकाे छैन ।

प्रतिकृया