• २३ भदौ २०८३, मंगलबार
  • ७ः११ बेलुका

साँझबाट मौसममा क्रमिक सुधार हुने

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार ०१:२०

११ माघ २०७९, काठमाडौँ: देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात गराएको हो ।

National Life

महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पहाडी भू–भागमा वर्षा र हिमपात भइरहेको छ । तराईका केही भेग र गण्डकी प्रदेशमा बदली रहेको छ । काठमाडौं उपत्यकाको आकाशमा हल्का बदली रहेको छ । साँझबाट मौसम क्रमिक रुपमा सुधार हुनेछ ।


महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षा हुनका साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया