• २६ भदौ २०८३, शुक्रबार
  • २ः५७ दिउँसो

विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन सरकारको प्राथमिकतामा छः शिक्षामन्त्री खनाल

प्रकाशित मिति

२०७९ माघ १० गते, मंगलवार ०५:३५

१० माघ २०७९, काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताएका छन्। मंगलबारको राष्ट्रियसभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै शिक्षामन्त्री खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताएका हुन्।

National Life

उनले आफू सो ऐन ल्याउने कुराप्रति अत्यन्तैसचेत रहेको स्पष्ट पारे। उनले सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि दुवै कुरालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै छिटोभन्दा छिटो ती ऐन सांसदहरुको हातसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।


उनले भने, ‘शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन पनि आउनुपर्छ भन्ने जुन कुरा छ त्यो कुराप्रति म एकदमै सचेत छु। सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा दुवै कुरालाई प्राथमिकताका साथ राखेको भएर आगामी दिनहरुमा विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐनमा शिक्षा मन्त्रालयले एकदमै तदारुकताका साथ काम गर्छ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले नेपाल विश्वविद्यालयको आवश्यकता अध्ययनका लागि विदेशिनुपर्ने बाध्यतालाई रोक्नका लागि भएको बताए। विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षाको अवसर हुँदा नेपालको आर्थिक विकास हुने र अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिने उनले बताए।

प्रतिकृया