• १३ असोज २०८३, मंगलबार
  • १ः०४ दिउँसो

मापदण्ड भन्दा बढी धूँवा फाल्ने २० ओटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा

प्रकाशित मिति

२०७९ माघ १० गते, मंगलवार ११:११

१० माघ, २०७९, काठमाडौँ: काठमाडौँको सुकेधारामा सोमबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २० ओटा सवारी साधन कारबाहीमा परेका छन्। मापदण्डभन्दा बढी धूँवा फाल्ने पिकअप भ्यान ६, भाडाका बस ५, माइक्रोबस ४, हात्ती गाडी ३, टाटासुमो १ र पर्यटक गाडी १ गरी २० ओटा सवारी साधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

National Life

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आज सुकेधारामा ४६ ओटा सवारी साधनलाई चेक गर्ने क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २० ओटा सवारी साधन कारवाहीमा परेका हुन् । सवारी साधन मर्मत पश्चात पुन: चेक गराइ तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।


मापदण्डभन्दा बढी धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेकजाँचलाई तिब्रता दिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया