महालक्ष्मी विकास बैंक लि. का ग्राहकहरुलाई विभिन्न स्वास्थ्य संस्थामा विशेष छुट
प्रकाशित मिति
२०७९ माघ ३ गते, मंगलवार ०४:४३

३ माघ २०७९, काठमाडौँ : “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्था सँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सानेपा २ ललितपुरमा अवस्थित स्टार हस्पिटललिमिटेड र नयाँबानेश्वर, काठमाडौंमाअवस्थितअल्फा केयर प्रा. लि. गरी दुई स्वास्थ्यसंस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकहरुले स्टार हस्पिटल लिमिटेडका सेवाहरुमाअधिकतम१५%र अल्फा केयर प्रा. लि.का सेवाहरुमा अधिकतम १५%को आकर्षक छुट प्राप्तगर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथ साथै डिजिटलयुग सँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
प्रतिकृया