मर्जर प्रक्रियालाई अन्तिम रुप दिन ग्लोबल आइएमइ र बैंक अफ काठमाण्डौं पुगे नेपाल राष्ट्र बैंक
प्रकाशित मिति
२०७९ मंसिर २९ गते, बिहीबार १२:२७
२९ मंसिर २०७९, काठमाडौँ: राष्ट्र बैंकको नीति अनुरुप अहिले विभिन्न बैंकहरु मर्जर प्रक्रियामा अगाडि बढेका छन् । यस्तैमा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले मर्जरको अन्तिम स्वीकृति माग गर्दै राष्ट्र बैंकमा निवेदन दिएका छन् ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले मर्जरलाई अन्तिम चरण दिन गभर्नर महाप्रसाद अधिकारीलाई संयुक्त रुपमा निवेदन पेश गरेका छन् ।
उक्त अवसरमा कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । यी दुवै बैंक बीच मर्जर प्रक्रियालाई अगाडि बढाउनको लागि वि.स.२०७९ असार २ गते प्रारम्भिक सहमति भएको थियो।
विभिन्न आवश्यक प्रक्रियाहरुलाई अगाडि लैंजादैं २०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । मर्जरको निम्ति शेयर स्वाप अनुपात १ः१ कायम गरी अगाडि बढ्न दुवै बैंकका सञ्चालक समितिले सहमति जनाइसकेका छन् ।
मंसिर २३ गते भएको दुवै बैंकका साधारण सभाले मर्जरलाई अनुमोदन गरिसकेको छ।






प्रतिकृया