श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
प्रकाशित मिति
२०७९ मंसिर २६ गते, सोमबार ०६:२९
२६ मंसिर २०७९, काठमाडौँ : श्रीमानको घाँटी थिचेर हत्या गरेको आरोपमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका-१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बलबहादुर र लक्ष्मीबीच मंसिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए । रिसको झोकमा लक्ष्मीले कम्मरमा बाँधेको पटुका निकालेर श्रीमानको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुन्डाएर श्रीमानलाई मारेको प्रहरीसामु बयान दिएकी छन् ।
Related
Recent News
- एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित
- महायज्ञबाट एकैदिन मंगलबार ६३ लाखभन्दा बढी संकलन
- अख्तियारद्वारा सशस्त्र प्रहरीका पूर्व इन्सपेक्टर कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार ५ अर्ब माथि
- रोमानिया, युके स्लोभाकिया पठाइदिन्छु भन्दै रकम असुल्ने तीनजना पक्राउ
- हिमालयन बैंकको चार लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- काठमाडौं गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य
- भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित भए नेतान्याहु
- रविलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइयो
- रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय
प्रतिकृया