• १० असोज २०८३, शनिबार
  • ११ः२४ राती

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर पूर्व कप्तान पारस खड्का र मिस नेपाल प्रियंका रानी जोशी नियुक्त

प्रकाशित मिति

२०७९ मंसिर २१ गते, बुधबार ०७:१२

२१ मंसिर २०७९, काठमाडौँ : नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्का तथा मिस नेपाल वल्र्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

National Life

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवाहरु नव नियुक्त ब्राण्ड एम्बेसडरद्वय मार्फत सम्पूर्ण नेपालीहरुका साथै विशेषत नयाँ पुस्तामा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा प्रबन्ध निर्देशक पौडेलले यो सहकार्यको शुरुवात मात्र भएकाले भविष्यमा थप व्यावसायिक सहकार्य गर्न सकिने बताए ।


समारोहमा कम्पनीका नव नियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग पुनः आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए । यसैगरी अर्का नवनियुक्त ब्राण्ड एम्बेसडर प्रियंका रानी जोशीले आफूले पनि शुरुदेखि नै नेपाल टेलिकमको सेवा उपयोग गरिरहेको र नयाँ पुस्तालाई कम्पनीकै सेवा प्रयोग गर्न अभिप्रेरित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ब्राण्ड एम्बेसडरद्वयमध्ये पारस खड्कासँग २०७९ पुस १ गतेदेखि एक वर्षको लागि र प्रियंका रानी जोशीसँग अर्को मिस नेपाल छनौट हुने अवधिसम्मका लागि सम्झौता सम्पन्न भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया